धरान/महिला र युवती समूहको कब्जामा परेका यौन व्यापारमा संलग्न दुई युवतीलाई प्रहरीले तीन दिनअघि आप्नो नियन्त्रणमा लिएपछि धरानको जिरोपोइन्ट क्षेत्रमा यौन व्यापार फस्टाएको सार्वजनिक भएको छ ।धरानको मङ्गलबारे क्षेत्रकी एक महिलाले जिरोपोइन्टमा यौन व्यापारमा संलग्न युवतीको साथमा आप्mनो पतिलाई रङ्गेहात फेला पारेकी थिइन् । ती महिलाका आफन्त र साथीहरुको समूहले राति ११ बजेतिर युवतीहरु बसेको प्mलाटबाट उनीहरुलाई कब्जामा लिएका थिए ।

hotal-red

करीब २ दर्जनको सङ्ख्यामा रहेको युवती र महिलाको समूहले प्mलाटमा रहेका तीन युवतीमध्ये दुईलाई कब्जामा लिएर मङ्गलबारेतर्पm लैजाँदै गर्दा इलाका प्रहरी कार्यालयको स्ती टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । पक्राउ परेका तीनै युवतीको बयान र स्थानीय वासिन्दाको सूचनापछि प्रहरीले जिरोपोईन्ट क्षेत्रका होटेल तथा रेष्टुरामाथि निगरानी बढाएको डिएसपी ढकेन्द्र खतिवडाले बताएका छन् । उनले सादा पोशाकमा प्रहरीलाई ग्राहक बनाएर पठाउने क्रममा होटल सञ्चालकसहित यौन गतिविधिमा संलग्नहरुलाई पक्राउ गरिएको जानकारी दिएका छन् ।

जिरो प्वाईन्ट क्षेत्रमा सञ्चालित मान्द्रो, शुभकामना र जिके होटलबाट सञ्चालकसहित १५ जनालाई नियन्त्रणमा लिएको खतिवडाले जनाएका छन् । होटल सञ्चालक भलराज तामाङ र जोन राईसहित अन्य चार पुरुष र छ युवतीलाई पक्राउ गरिएको उनले जनाए । नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरेर शान्ति सुरक्षा मजबुत बनाउन र होटलहरुमा हुने यौन व्यापार र गतिविधि नियन्त्रणमा लिन निगरानी बढाइएको ढकालले बताएका छन् ।