धरान । हङकङ तरहरा मञ्च इटहरीले यसवर्षको प्रवेशिका परीक्षामा त्यस ठाउँबाट सर्वोकृष्ट अङ्क ल्याउने एक विद्यार्थीलाई नगदले पुरस्कृत गरेको छ । पुरस्कृत हुनेमा राष्ट्रिय उच्चमाविका कुमार राउत छन् । उनलाई २१ हजार रुपैयासहितले पुरस्कृत गरिएको हो । हासपोसा क्षेत्रका सामुदायिक स्कुलहरुबाट सर्वोकृष्ट अंक ल्याउने राउतलाई पुरस्कृत गरिएको हो । तरहरा जेसिजले एक कार्यक्रम गर्दै प्रमाण पत्रसहित नगदले पुरस्कृत गरेको हो । हङकङलाई कर्मथलो बनाइरहेका तरहराबासीले निर्माण गरेको मञ्चले हरेक वर्ष विद्यार्थीहरुलाई पुरस्कृत गर्ने गरेको छ । नगद मञ्चका अध्यक्ष कालसिंह राईले प्रदान गरेका थिए । उनले विद्यार्थीहरुलाई प्रोत्साहन र उत्प्रेरणा मिलोस् भनेर पुरस्कार दिन थालिएको बताए ।