अछाम। अवरिल वर्षाले पहलमान सिंहस्वाँर मार्गमा यातायात सेवा प्रभावति भएको छ ।
आज बहिान चौरपाटी गाउँपालिका–६ दुनीमा सडक भासिएपछि सेवा प्रभावति भएको जल्लिा प्रहरी कार्यालयका प्रमुख पवीन्द्र बमले राससलाई जानकारी दिए ।
भासिएको सडक मर्मतसम्भार गरी यथाशक्य चाँडो यातायातका साधन सञ्चालन गर्न सडक डभिजिन कार्यालयसँग समन्वय गरिएको उनले बताए ।
































