विजयपुर । पश्चिम बंगाल सरकारका अल्पसंख्यक मामिला तथा मदरसा शिक्षा विभागका राज्यमन्त्री विशाल लामा तथा खरसाङका विधायक सोनाम लामासँग दार्जिलिङ नगरपालिकाको विकासबारे छलफल भएको छ ।
शुक्रबार मन्त्री लामाले भ्रमणका क्रममा दार्जिलिङ नगरपालिकाका अधिकारीहरूसँग समीक्षा बैठक सम्पन्न भएको सामाजिक व्यक्तित्व सचिन क्षेत्रीले जानकारी दिए । उनका अनुसार बैठकमा नगर क्षेत्रमा सञ्चालन भइरहेका विकास निर्माणका कार्य, नागरिक सेवाको गुणस्तर, सरसफाइ, पूर्वाधार विकास तथा विभिन्न प्रशासनिक विषयमा विस्तृत छलफल गरिएको बताइएको छ ।
छलफलका क्रममा सरकारी योजनाहरूको प्रभावकारी कार्यान्वयन, जनतामुखी सेवा प्रवाहलाई थप सुदृढ बनाउने उपायहरू तथा आगामी विकासका प्राथमिकताका विषयमा समेत समीक्षा गरिएको थियो । नगरको समग्र विकासलाई गति दिन सम्बन्धित निकायबीच समन्वय र सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याइएको छ ।
राज्यमन्त्री लामा र विधायक सोनामले जनताको अपेक्षाअनुसार पारदर्शी, उत्तरदायी तथा विकासमुखी प्रशासन सुनिश्चित गर्दै दार्जिलिङको समग्र विकासलाई तीव्र गतिमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।