इटहरी । घरपरिवारको आवश्यकता र जीवनशैलीलाई लक्षित गर्दै एलजी इलेक्ट्रोनिक्स सिङ्गापुरले आफ्नो आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नयाँ घरेलु विद्युतीय उपकरणहरूको ‘एसेन्सियल सिरिज’ सार्वजनिक गरेको छ ।
इटहरीमा केही दिनअघि आयोजित कार्यक्रममा ‘हरेक घरको खुसी, घर–घरमा एलजी’ अभियानअन्तर्गत उक्त उत्पादन शृङ्खलाको औपचारिक अनावरण गरिएको हो ।
कम्पनीका अनुसार आधुनिक प्रविधि, उत्कृष्ट कार्यक्षमता, टिकाउपन र किफायती मूल्यलाई प्राथमिकतामा राखी नेपाली बजारका लागि विशेषरूपमा विकास गरिएको ‘एसेन्सियल सिरिज’ ले नेपाली परिवारको दैनिक आवश्यकतालाई सहजरूपमा पूरा गर्ने लक्ष्य राखेको छ ।
यस शृङ्खलाअन्तर्गत दुई ढोके रेफ्रिजेरेटर, पूर्ण स्वचालित माथिबाट कपडा हाल्ने धुने मेसिन तथा कोठा चिस्याउने उपकरण बजारमा ल्याइएको छ ।
दुई ढोके रेफ्रिजेरेटरमा हिउँ जम्न नदिने प्रविधि जडान गरिएको छ, जसका कारण हिउँ पगाल्नुपर्ने झन्झट हट्ने कम्पनीले जनाएको छ । यसमा रहेको स्मार्ट प्रणालीले मौसमअनुसार चिस्यान स्वतः नियन्त्रण गर्नेछ भने अघिल्ला मोडेलको तुलनामा २० प्रतिशत बढी तरकारी भण्डारण गर्न सकिने क्षमता रहेको कम्पनीको दाबी छ । कम्पनीका अनुसार ‘एसेन्सियल सिरिज’ को बिक्री नेपालभर जुन २०२६ देखि सुरु भएको छ ।