विजयपुर । सुनसरीको बराहक्षेत्र नगरपालिका–६ स्थित सप्तकोशी नदी किनारबाट २ सय २५ किलोग्राम गाँजासहित ओसारपसारमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार राती ९ बजे विषेश सूचनाको आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले बराहक्षेत्र नगरपालिका–६ स्थित सप्तकोशी नदी किनारमा बगाएर ढुवानी गर्ने बाँसको झाङमुनी प्लाष्टिकको ९ वटा बोरामा बाँधी लुकाइछिपाई राखेको अवस्थामा २ सय २५ किलोग्राम गाँजासहित ओसारपसारमा संलग्न बराहक्षेत्र नगरपालिका–६ का बिशेष माझी र रोशन श्रेष्ठलाई को. ३० प ९४७५ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो । गाँजासहित पक्राउ परेका दुबै जनाको थप अनुसन्धान तथा आवश्यक कानूनी कारवाही भइरहेको प्रहरीले जनाएको छ ।