विजयपुर । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्कराज राई (साम्पाङ) ले प्रधानमन्त्रीसहित सबैको दैनिक मादक पदार्थ सेवन परीक्षण गर्न माग गरेका छन् ।
उनले मुलुकको स्वास्थ्यका लागि लागु पदार्थ सेवनको पनि दैनिक चेकजाँच गर्न माग गरेका छन् । सांसद राईले भने, ‘‘प्रधानमन्त्री लगायत सरकारमा बसेका सबै मन्त्रीहरुको मापसे (मादक पदार्थ सेवन) र लापसे (लागु पदार्थ सेवन) चेक जाँच दैनिक गरिनु पर्दछ! सांसदहरुको पनि गर्नु पर्छ! देशको स्वास्थ्यको लागि यो अनिवार्य छ!’’































