विजयपुर। भोजपुरको टेम्केमैयुङ गाउँपालिका–४ नागीस्थित हुँगे खोला महभिर झर्ना नजिक रुख ढाल्ने क्रममा पुलमा क्षति पुगेको छ।

स्थानीय गणेश राईले घर निर्माणका लागि रुख ढाल्ने क्रममा नियन्त्रण गुमाउँदा अचानक रुखले पुलमा क्षति पुगेको स्थानीयले बताएका छन्।स्थानीय बासिन्दाले दैनिक आवतजावतका लागि प्रयोग गर्दै आएको उक्त पुल भत्किएपछि आसपासका बस्तीका नागरिकलाई आवतजावतमा समस्या भएको छ। पुल पुनःनिर्माण वा मर्मतका लागि सम्बन्धित निकायले चाँडो पहल गर्नुपर्ने स्थानीयवासीले माग गरे ।