धरानमा क्रियाशील विभिन्न राजनीतिक दल परित्याग गरी २५ जना युवाहरू नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।

शुक्रबार धरान–८ स्थित लाङ्घाली सामुदायिक वनमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य किरण राईले उनीहरूलाई औपचारिक रूपमा युवाहरूलाई पार्टीमा स्वागत गरेका हुन् । पार्टी प्रवेश गर्नेहरूमा मिना लिम्बु, अञ्जना राई, मनु राई, फुला लिम्बु, सरोज राई, विष्णु लिम्बु, रोजा लोकान्द्री, सुपेन्द्र लिम्बु, सुमन लिम्बु, तेज लिम्बु, दीपेन लिम्बु, हेमन मगर, भूपु लिम्बु, सुसिला नागार्की, पुष्प लिम्बु, सागर मगर, रोशन लिम्बु, अभिषेक झापा, सुमन राजधामी, प्रवेश राई, राजा लिम्बु, सरग लिम्बु, नन्दु राई, सुमन राई र उदय राई रहेका छन् ।

कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य राईले युवाहरू परिवर्तनका मुख्य संवाहक भएको बताए । उनले समाजवाद उन्मुख राजनीतिक धारमा युवाको सक्रिय सहभागिताले मात्रै देशमा परिवर्तन सम्भव हुने बताए । उनले वर्तमान राजनीतिक अवस्थाबाट निराश बनेका युवाहरू वैकल्पिक राजनीतिक धारतर्फ आकर्षित हुनु सकारात्मक संकेत भएको धारणा व्यक्त गरे । आयोजक समितिका अनुसार पार्टी प्रवेश गर्ने युवाहरू विभिन्न राजनीतिक दल र सामाजिक पृष्ठभूमिबाट आएका हुन् ।

उनीहरूले भ्रष्टाचार विरोधी राजनीति, सुशासन, सामाजिक न्याय तथा श्रमिक–किसानमुखी नीतिप्रति आकर्षित भएर नेकपा रोजेको प्रतिक्रिया दिएका छन् । कार्यक्रममा नेकपाका स्थानीय नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूका उपस्थिति रहेको थियो ।