धरान । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको धरान उपमहानगरपालिका–८ नम्बर वडा समिति गठन भएको छ । 

शुक्रबार गठित समितिमा आशा विकको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्षमा बालकृष्ण पोखरेल, सचिवमा लक्ष्मी घिमिरे र कोषाध्यक्षमा प्रकाश मगर छन् । 

यस्तै सदस्यहरूमा थर्कबहादुर गौतम, नवीन घिमिरे, कृष्ण थापा, रामबहादुर बस्नेत, वसिम खान, चन्दा तामाङ, घनश्याम घिमिरे, कल्पना श्रेष्ठ र सुमित मोक्तानलगायत रहेको समिति चयन भएको धरान उपमहानगरका उपाध्यक्ष नारायण ल्वागुनले जानकारी दिए । 

धरान–८ स्थित लाङ्घाली सामुदायिक वनमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि राप्रपा नेपालका सहायक महामन्त्री हरिकृष्ण श्रेष्ठ, अतिथि राप्रपा नेपालका केन्द्रीय सदस्य दीपेन्द्रकुमार कार्कीलगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । चार वर्षे कार्यकालका लागि नयाँ समिति चयन भएको हो ।