धरान । नेपाली काङ्ग्रेसनिकट भातृसंस्था नेपाल तरुण दल प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर १ सुनसरीको अधिवेशनले अजय राईको सभापतित्वमा नयाँ कार्यसमिति चयन गरेको छ । 

प्रतिनिधिसभा क्षेत्र नम्बर १ र यसअन्तर्गत प्रदेश सभा १ (क) र (ख) दुवैको समिति चयन भएको छ । राईको सभापतित्वमा बनेको नयाँ कार्यसमितिको उपसभापतिमा रोशन राई, विशाल बस्नेत, कृष्ण राई र ज्वाला तुलाधार छन् । यस्तै सचिवमा विमल बुढाथोकी र सह–सचिवमा अदीप श्रेष्ठ, जसमान लिम्बू र सुजन खड्का रहेका छन् । यस्तै कोषाध्यक्षमा प्रशन्न गुरुङ रहेका छन् । 

यसैगरी प्रदेशसभा १ (क) मा जीवन लिम्बूको सभापतित्वमा गठित समितिको उपसभापतिमा भवानी बास्तोला, सचिवमा रुमितकुमार खत्री र कोषाध्यक्षमा राजमाया लिम्बू चयन भएकी छन् । यस्तै १ (ख) मा साजन राईको सभापतित्वमा समिति गठन भएको हो ।  

यस्तै उपसभापतिमा रोहित राई, देगराज राई रहेका छन् । सचिवमा सुनिल तामाङ, कोषाध्यक्षमा विनु राई चयन भएका छन् । निर्वाचित पदाधिकारीहरूलाई पदस्थापनसमेत गरिएको छ । कार्यक्रममा नेपाली काङ्ग्रेस कोशी प्रदेशका महामन्त्री उमेश थापाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सुनसरी जिल्ला सचिव माधव घिसिङ, सुनसरी क्षेत्र नं. १ का सुजेन्द्र गोले, धरान नगर सभापति श्याम पोखरेललगायतको उपस्थिति रहेको थियो ।