धरान । धरानमा मिश्रित मार्सल आर्ट्स् (एमएमए) प्रशिक्षण केन्द्र खुल्न लागेको छ । 

धरानका दुई युवाले प्रशिक्षण केन्द्र खोल्न लागेका हुन् । युवा व्यवसायी एलिस लिम्बू र सन्तोष विकले एमएमएको प्रशिक्षण केन्द्र खोल्न लागेको जनाएको छ । यसका लागि हाल प्रदर्शन खेलहरु भइरहेका छन् । विद्यार्थीहरुलाई लक्षित गरी प्रदर्शन खेल देखाइँदै छ ।

एमएमए आर्टिस्ट रिचार्ड अलेक्जेन्डर मान्र्सले धरान आदर्श बोर्डिङ स्कुलका विद्यार्थीहरुलाई एमएमएको विभिन्न कलाहरु प्रदर्शन गरेका थिए । एसिल सुब्बाका अनुसार एमएमएमा मार्सल आर्ट्स्का सबै कुराहरु समावेश हुन्छन् ।

यसमा प्रतिस्पर्धीहरूलाई स्ट्राइकिङ र ग्रेपलिङ प्रविधिहरू प्रयोग गर्न अनुमति छ । हतियार बिना लडाइँ गर्ने उत्तम कलाको खोजी गर्ने क्रममा एमएमएको विकास भएको मानिन्छ । एमएमएको ट्रेनिङ दिँदा प्रशिक्षार्थीहरुलाई विभिन्न मार्सल आर्ट्स्हरु जस्तैः ब्राजिलियन ज्यू–जिट्सु, मुवाथाइ, बक्सिङ, रेस्लिङको तालिम दिइन्छ । त्यस्तै गरी स्ट्राइकिङमा पञ्च, किक, एल्बो, थ्रो, टेकडाउन जस्ता कुराहरुको प्रशिक्षण दिइन्छ ।

मान्र्सले बालबालिकादेखि वृद्धसम्म एमएमएको तालिम लिँदा आत्मरक्षाको लागि अत्यन्तै उपयुक्त हुने बताए । विद्यालयहरुमा विद्यार्थीलाई एमएमको प्रभावकारिताका विषयमा सचेतना गराउने अभियान चलिरहेको लिम्बूले बताए ।