धरान । मोरङ सुन्दरहरैँचा नगरपालिका–९ स्थित बाल सदन एकेडेमीका दुई विद्यार्थीले अन्तर्राष्ट्रिय पदक जित्न सफल भएका छन् ।

भारतमा सम्पन्न अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा बाल सदनकी विद्यार्थी सेवा काफ्लेले ‘फिमेल सवजुनियर पुम्से’ विधामा स्वर्णपदक जितेकी छन् । त्यस्तै यशस्वी लम्सालले ‘फिमेल सवजुनियर कउरोगी’ विधामा स्वर्ण जित्न सफल भएको विद्यालयका प्रबन्ध निर्देशक एवम् तेक्वान्दो प्रशिक्षक सूर्य दङ्गालले जानकारी दिए । ती विद्यार्थीहरूले टिम नेपालको प्रतिनिधित्व गरेका थिए ।

पूर्वोत्तर भारतको सिलिगुडीमा जुन २९ र ३० मा सम्पन्न प्रतियोगितामा नेपाल, भारत, भुटान र बङ्गलादेश गरी कुल चार  सय ५० जना विद्यार्थी सहभागी थिए । जसमा टिम नेपालले प्रथम स्थान हासिल गरेको थियो । त्यसमध्ये बाल सदनका दुई विद्यार्थी रहेको उनले जानकारी दिए ।

jjj111