धरान । धरान–१२ चत चतरालाइनस्थित एम्स एकेडेमीको एम्स क्रिएटिभ समूहले आयोजना गरेको ‘एम्स एसईई रन–२०८१’ मा छात्रतर्फ शिव कार्की र छात्रातर्फ रीना खङ्ग खत्वे प्रथम बनेका छन् ।

शनिबार सम्पन्नमा रनमा झापाका कार्कीले १३ मिनेटमा ४ किलोमिटर दूरी पार गरी विजयी बनेका हुन् । बराहक्षेत्रकी खत्वे १९ मिनेटमा ४ किलोमिटर दुरी पार गरी विजयी भएका छन् । उनीहरूले ५ हजार रुपैयाँसहित कक्षा ११ र १२ मा निःशुल्क अध्ययन गर्न पाउनेछन् ।

छात्रतर्फ दिपेन्द्र सुजी १३ मिनेट २० सेकेण्डमा दूरी पार गरी दोस्रो भए भने सञ्जय राई १३ मिनेट ३६ सेकण्डमा दूरी पार गरी तेस्रो भए । यस्तै छात्रातर्फ २१ मिनेटमा ४७ सेकण्डमा दूरी पारी आकृति राई दोस्रो भइन् भने २२ मिनेट ३६ सेकण्डमा दुरी पार गरी प्रनिता तामाङ तेस्रो भइन् । उनीहरू दोस्रो हुने र तेस्रो हुनेले क्रमशः ३ हजार र एक हजार रुपैयाँसहित कक्षा ११ र १३ मा ७५ प्रतिशत र ५० प्रतिशत छात्रवृत्ति पाउनेछन् ।

रनमा छात्रतर्फ १४ मिनेट २५ सेकेण्डमा दूरी पार गरी चौथो भए भने युवराम लिम्बू १४ मिनेट ५३ सेकण्डमा दूरी पार गरी पाँचौँ भए । छात्रातर्फ २३ मिनेटमा दूरी पार गरी सानु राई चौथो भइन् भने २६ मिनेटमा द्ूरी पार गरी अदिती झा पाँचौँ भएको एम्स क्रिएटिभ समूहका अध्यक्ष अङ्कित श्रेष्ठले बताए । उनका अनुसार रनमा एसईई दिएर बसेका २ सय ८० जनासहित कुल ४ सय ८० जना सहभागी भएका थिए । उनले एसईई दिएर बसेका विद्यार्थीहरूको स्वास्थ्यसँगै भाइचारा सम्बन्ध विकास गर्न प्रतियोगिता गरिएको बताए ।

एम्स एकेडेमीका प्रिन्सिपल सन्तोष कोइरालाले विजेता तथा उपविजेता विद्यार्थीहरूले धरानका कुनै पनि कलेजमा छात्रवृत्ति पाउने बताए । दौडको उद्घाटन धरान उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख गणेशप्रसाद खतिवडाले गरेका थिए । रनको प्राविधिक सहयोग धरान रन समूहले गर्ने भएको छ ।