विराटनगर ।  प्रथम नोना कोइराला स्मृती बास्केटबल प्रतियोगिताको फाइनलमा चिल्ड्रेन एकेडेमी,  केके इन्टरनेशनल   र  होलील्याण्ड फाइनलमा पुगेको छ  ।

विराटनगरस्थित कोबास कलेजको बास्केटबल कोर्टमा उक्त बिहान ७ बजेदेखि फाइनल खेल हुने भएको हो ।  एसइई परिक्षा दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरेर विर गणेशमान सिंह स्पोर्ट एकेडेमीले प्रतियोगिता आयोजना गरेको हो ।

प्रतियोगितामा विकेभीएम, सगरमाथा, अरनिको, पोखरीया स्कुल, विराटनगर बास्केटबल एकेडेमी, चिल्ड्रेन एकेडेमी र केके इन्टरनेशनलको सहभागीता रहेको आयोजकले जनाएको छ । 

उक्त प्रतियोगिताको विजेताले १० हजार रुपैयाँ र उपविजेताले ५ हजार रुपैयाँ प्रमाण पत्र,ट्रफीको पाउने  विर गणेशमान सिंह स्पोर्ट एकेडेमीको अध्यक्ष सुनिल श्रेष्ठले जानकारी दिए। 

उक्त प्रतियोगिताको उद्घाटन विराटनगर महानगरपालिकाको मेयर नागेश कोइरालाले गरेका थिए । कार्यक्रममा विशिष्ट अतिथि कोशी प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्ष बिन्दीया कार्की,कोशी प्रदेश बास्केटबल संघका सचिव सरोज लम्साल, मोरंग बास्केटबल संघका अध्यक्ष अनिल राई,सचिव त्रिलोक बास्तोला लगायतको उपस्थिति रहेको थियो।