विजयपुर/धरान खेलकुद मञ्चले उत्कृष्ट खोलाडी तथा प्रशिक्षकलाई पुरस्कृत गर्ने भएको छ ।

मञ्चले बुधबार पत्रकार सम्मेलन गरी विभिन्न खेल विधाका उत्कृष्ट व्यक्तिलाई अवार्ड प्रदान गर्ने भएको छ । मञ्चका अध्यक्ष किशोर राईले खेलकुद सहर बनाउन योगदान दिने खेलाडी तथा व्यक्तित्वलाई पुरस्कार प्रदान गर्ने बताए । उत्कृष्ट खेलाडी पुरुष तथा महिलालाई २५ हजारसहित पुरस्कार प्रदान गरिने छ ।

उदयीमान खेलाडीलाई ११ तथा हजार रुपैयाँ प्रदान गरिने छ । स्पोर्ट एचिभमेन्टमा ११ हजार रुपैयाँ दिइने छ । विभिन्न खेल विधाका १४ जनाको निवेदनबाट उत्कृष्ट छ जनालाई मनोनयन गरिएको छ । मनोनित हुनेमा टेबल टेनिसबाट सिद्धार्थ तामाङ, जुडोबाट दीपिका आचार्जू, बक्सिङबाट जोनु लिम्बू र .निमा तामाङ, फुटबलबाट सनम सेदेङ्बा लिम्बू र प्रशिक्षकमा किरण लामा छन् ।