प्रेस चौतारी नेपाल कोशी प्रदेशको आयोजना तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशको सहकार्यमा विराटनगरमा दुई दिने पर्यटन पत्रकारिता र फोटोग्राफी तालिम समापन गरिएको छ।

कार्यक्रममा प्रदेश भरिका ७७ जना पत्रकारहरुले सभागिता रहेको थियो। विराटनगरको कञ्चनजंगा पार्टी प्यालेजमा जेठ १ र २ आयोजना  गरिएको उक्त तालिमको प्रशिक्षण विस्प ताम्राकार, लिलाराज  भट्टराईले दिएका थिए। 

कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रलयका सचिव लक्ष्मी पौडेल आगमि दिनमा महिला पत्रकारहरुको लागि पनि प्रदेशले बजेट लगानि गर्ने महिलाहरुलाई पत्रकारितामा पुरुष व्यवसायी बनाउन महिलाहरुको क्षमता विकास र महिलाहरुको हितका लागि नयाँ योजना बनाएर काम गर्ने बताएका छन्।

कार्यक्रमा प्रेस चौतारीमा आबद्ध भएर विभिन्न क्षेत्रमा योगदान पुराएका साथै बैशाख १५ मा ईलामको उपनिर्वाचनमा सहयोग पुर्याएका १९ जना पत्रकार लाई दोसल्ला ओढाएर सम्मान गरेको थियो। सम्मानित हुनेमा बाबुराम भट्टराई ,देवेन्द्र कार्की ,सुडिन कोईराला ,यज्ञ शर्मा अर्जुन कार्की,अर्जुन थुलङ,महेन्द्र बिष्ट, रामबाबु उप्रेति, सुमन सुुकेरा  लगाएत अन्य पत्रकारलाई सम्मान गरेको छ।

 कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री रामबाहादुर मगरले प्रदेश भरि रहेका पर्यटन क्षेत्रलाई प्रबर्द्धन गर्ने सबै एक भएर जुट्न सके विकास गर्न सकिने बताए। पुर्वमा लुकेर रहेका पाहाडि क्षेत्रको झर्ना,ताल, हिमाली क्षेत्रको भ्रमण गर्न यातायात र सडको सुविधा साथै पदयात्राको परिकल्पना गरेर त्यस्ता ठाउँको प्रबर्द्धन गर्न सके आन्तरिक तथा वाह्य पर्यट भित्राउन सकिने बताए। 

मन्त्री मगरले खोटाङमा रहेको हलेशी मन्दिर,ताप्लेजुङको पाथीभरा मन्दिर र सुनसरीको बराहक्षेत्र मन्दिरलाई मात्रै हिन्दु  धार्मिक हिसाबले देशविदेमा प्रचारप्रसार गर्नेसके हामीले प्रदेशमा पर्यटन भित्र्याउन सक्ने निकै राम्रो सम्भावना रहेको बताएका छन्। कोशीलाई जलयात्राको परिकल्पना गरेर जलपर्यटकको माध्येबाट विकास गर्ने सकिने बताए।

 विकासको नामा गाउँ –गाउँमा  पाथिभरा उतारे धर्मीक विकासको नामा गलत ढङबाट बजेट लगाउदा वास्तविक ठाउँमा भन्दा अन्य ठाउँ खर्च हुदा पर्यटन क्षेत्रमा विकास हुन नसकेको  बताए। अगमि दिनमा कोशी प्रदेशको विकास गर्न सरकार र पत्रकारहरुको लेखनको प्रचारप्रसारको सहकार्य बाट पर्यटन क्षेत्रको विकास गर्न सकिने बताउदै उनले दुई दिने तालिम बाट पत्रकारहरुले पर्यटन सम्बन्धि केहि महत्वपूर्ण कुराहरु सिकिर पर्यटन क्षेत्रको विकासमा सहयोग पुर्याउने खालको पर्यटन समाचार लेखन अनुरोध सम्म गरेका छन्।