विजयपुर । हाम्रो धरान भेट्रान फुटबल कपमा रारा भेट्रान क्लब राजारानी च्याम्पियन बनेको छ ।

शनिबार धरान रङ्गशालामा सम्पन्न तेस्रो संस्करणको फाइनल खेलमा रारा भेट्रानले २–० गोअ अन्तरमा धरान भेट्रान क्लबलाई पराजित गरेको हो । प्रतियोगिताको उपाधिसँगै रारा भेट्रानले १ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गरेको छ ।

प्रतियोगिताको उपविजेता धरान भेट्रान ६० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गरेको छ । फाइनल खेलमा रारा भेट्रानका देउबहादुर लिम्बूले २ गोल गरे । खेलको म्यान अफ द म्याच रारा भेट्रानका लिम्बू नै घोषित भई २ हजार ५ सय रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको उत्कृष्ट खेलाडी धरान भेट्रानका अशोक लिम्बू घोषित भई ५ हजार रुपैयाँ प्राप्त गरे ।

बेस्ट गोलकिपर राराका महेन्द्र घिमिरे, बेस्ट डिफेन्स राराका सुरज श्रेष्ठ, बेस्ट मिडफिल्डर रारा भेट्रानका सुमन श्रेष्ठ, बेस्ट स्ट्राइकर धरान भेट्रानका सतिश केसी र बेस्ट कोच राराका युबिन गुरुङ घोषित भए । उनीहरूले जनही ३ हजार पाए ।