पाँचथर/ पाँचथरको कुम्मायक गाउँपालिकामा जारी कुम्मायक–कुस्सायक त्रिशाली आमन्त्रण गोल्डकपको फाइलनमा रेड हर्स फुटबल क्लब इलाम प्रवेश गरेको छ पृथ्वी मा.वि.को खेलमैदानमा बिहीबार सम्पन्न सेमिफाइनलमा आयोजक यलम्बर युवा संस्थालाई ३–१ गोलको अन्तरले हराउँदै फाइनलको यात्रा पक्का गरेको हो । खेलको उत्तराद्र्धको ५१ र ६४ औं मिनेटमा इलामका अर्जुन गुरुङले गोल गरे।

आयोजकमाथि हाबी भएको रेड हर्स इलामका शिशिर लेखीले खेलको ५७ औं मिनेटमा फ्रिकिकबाट तेस्रो गोल गर। आयोजक यलम्बर युवा संस्थाको तर्फबाटखेलको ४८ औं मिनेटमा दिल सम्बाहाम्फेले सान्त्वना गोल गरेका थिए। लयमा फर्कन गरेका केही महत्वपुर्ण अवसर गुमाउँदा आयोजक सेमिफाइनलबाटै बाहिरियो।

खेलको म्यान अफ द म्याच इलामका अर्जुन गुरुङ घोषित हुँदै नगद पाँच हजार र ट्रफी हातपारे। आज (शुक्रबार) हुने दास्रो सेमिफाइनल खेल पाँचथर एफसी पाँचथर र दमक ऐकेडेमी झापाबीच हुने अयोजक संस्थाका अध्यक्षभिमनारेन लावतीले जनाए। प्रतियोगिताको बिजेता टिमले नगद ३ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेता टिमले नगद १ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ।