पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिका–१ स्थित अमृत आधारभूत विद्यालयका विद्यार्थीहरूलाई स्कुल पोसाक र जुत्ता वितरण गरिएको छ ।

कक्षा–१ देखि ५ कक्षासम्मका ३६ जना विद्यार्थीहरूलाई सुसाङ्मा स्मृति अक्षयकोषले स्कुल पोसाक र जुत्ता वितरण गरेको हो । अक्षयकोषको वार्षिक ब्याज रकम नगद ३० हजार रुपैयाँबाट विद्यालयका ३६ जना विद्यार्थीलाई स्कुल पोसाक र जुत्ता वितरण गरिएको अक्षयकोष सञ्चालक समिति अध्यक्ष पदम फेवादेनले जानकारी दिए ।

विद्यालयमा स्थापना गरिएको तीन लाख रुपैयाँको सुसाङमा स्मृति अक्षयकोषको वार्षिक ब्याज रकमबाट विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ । विद्यालयमा स्थापना गरिएको तीन लाख रुपैयाँ अक्षय कोषको वार्षिक ब्याज रकमको ७५ प्रतिशत विद्यालयमा खर्च गर्ने बाँकी २५ प्रतिशत कोषमा जम्मा गर्ने गरिएको विद्यालयका प्रधानाध्यापक भेषबहादुर लावतीले बताए ।

बर्सेनि ब्याज रकम मूल कोषमा जम्मा गर्दै हालसम्म तीन लाख ७५ रुपैयाँ जम्मा गरिएको सञ्चालन समिति अध्यक्ष फेवादेनको भनाइ छ । क्रमशः अक्षयकोषमा रकम जम्मा गर्दै आगामी वर्षसम्म चार लाख रुपैयाँ पु¥याउने लक्ष्य लिएको अक्षयकोषदाताले जनाए ।