कुवेतको हवाली गभर्नरेटमा सोमबारदेखि अन्तर्राष्ट्रिय युवा फोटोग्राफी प्रदर्शनी सुरु भएको छ।

कुवेत चाइना कल्चरल सेन्टर र कुवेत सोसाइटी फर फोटोग्राफी आर्ट्सले ७० वटा फोटोग्राफिक कार्यहरू प्रदर्शन गर्ने (संयुक्त भिजन साझा भविष्य)ले सहआयोजना गरेको छ।

कुवेत चाइना कल्चरल सेन्टरले बेल्ट एण्ड रोड साझेदार देशहरूसहित धेरै देशका युवा फोटोग्राफद्वारा ५० पुरस्कार–विजेता फोटोहरू उपलब्ध गराएको छ। कुवेत सोसाइटी फर फोटोग्राफी आर्ट्सले १६ युवा कुवेती फोटोग्राफरद्वारा २० शीर्ष फोटोग्राफिक कार्य प्रस्तुत गरकोे छ। 

यसले देशका सहर, प्रकृति, समाज र अन्य दृष्टिकोण देखाएको छ। कुवेत चाइना कल्चरल सेन्टरका निर्देशक सिया जियानफेङले प्रदर्शनी चीन र कुवेतबीचको सांस्कृतिक आदानप्रदानको अर्को प्रमाण भएको र यसले दुई देशका जनताबीच आपसी समझदारी बढाउन मद्दत गर्ने बताएका छन्।

कुवेत सोसाइटी फर फोटोग्राफी आर्ट्सका अध्यक्ष सुआद अल–हमारले यी कामले चीन र कुवेतका युवा फोटोग्राफरहरूको जीवन शक्तिलाई प्रतिबिम्बित गर्दछ भने।फोटोग्राफी प्रदर्शनी जेठ २२ गतेसम्म चल्नेछ।