सङ्खुवासभा । सङ्खुवासभाको सभापोखरी गाउँपालिका–३ एथुम्बु गाउँमा भाइको कुटपिटबाट दाजुको मृत्यु भएको छ ।

एथुम्बुका ३८ वर्षीय भाइ प्रवीण राईको कुटाइबाट ४१ वर्षीय दाजु सनमान राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर अशोक जबेगुले बताए ।

शुक्रबार राति घरायसी विवादमा भाइ प्रवीणले कुटेपछि शारीरिक अपाङ्गता भएका दाजु सनमानको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ । कुटपिटमा संलग्न प्रवीणलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि जिल्ला अस्पताल सङ्खुवासभामा राखिएको छ ।