धरान/नेपाली साँगीतक क्षेत्रकी पछिल्लो समयकी चर्चित गायिका एलिना चौहान वैवाहिक जिवनमा बाँधिएकी छन्।

उनले गितकार विष्णु सापकोटासँग विवाहा बन्धनमा बाँधिएकी छन्। सापकोटा र चौहान बिच केहि समय देखि रहेको प्रेम विवाहामा परिणत भएको छ।

सापकोटा गृह जिल्ला बाङलुङ रहेकाले उनले मंगलबार नै जन्ती लिएर झापा पुगेका थिए। विवाहमा दुवै पक्षका परिवार, आफन्तजन निकट साथीभाइको उपस्थिति विवाह सम्पन्न भएको तस्बिर  सामाजिक सञ्जालमा राखिएको छ।

बिर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा भव्यताका साथ बुधबार विवाह गरिएको  छ। विष्णु हाल अस्ट्रेलिया बस्दै आएका छन्।

केहि समय अगाडी एलिना एक साङ्गीतिक कार्यक्रमको सिलसिलामा अस्ट्रेलिया पुगेको बेला एलिना र विष्णुको भेट भएको थियो। एक दर्जन बढी गीत लेखेका विष्णुले एलिनासँग गितसमेत गाएका छन्।