बाह्रबर्से पिण्डेश्वर पूर्ण महाकुम्भ मेला आजबाट औपचारिक रुपमा सुरु हुँदै छ । चतराधामस्थित जगदगुरु पीठमा निर्माण भएको मुख्य पण्डालमा राष्ट्रपति रामचन्द्र पौडेलले पानसमा बत्ती बालेर आज कुम्भ मेलाको समुद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

राष्ट्रपति पौडेल ११ बजे हेलिकोप्टरमार्फत चतरा आइपुग्ने र करिब १२ बजे कुम्भमेलाको समुद्घाटन गर्ने कार्यतालिका रहेको छ ।

कार्यतालिका हेर्नुस्:

१. श्री आदर्श मा.वि.को प्राङ्गणमा हेलिकप्टरमार्फत् सम्माननीय राष्ट्रपतिज्यूको अवतरण विहान ११ बजे
२. सम्माननीय राष्ट्रपतिज्यूमा उच्च पदस्थ अधिकारी एवम् लब्धप्रतिष्ठित व्यक्तित्वहरुद्वारा सम्मान अर्पण

११ बजेदेखि ११:०५ बजेसम्म ।

३. गाडीबाट श्रीराधासर्वेश्वर मन्दिरको गेटसम्म यात्रा ११:०५ बजेदेखि ११:१० बजेसम्म

४. पञ्चकन्याद्वारा सम्माननीय राष्ट्रपतिज्यूमा माल्यार्पण एवम् कुम्भमेला मूल आयोजक समारोह समितिका सहअध्यक्ष तथा वराहक्षेत्र नगरपालिकाका नगरप्रमुखद्वारा स्वागत सम्मान अर्पण ११:१० देखि ११:१५ सम्म

५. पैदल यात्राद्वारा श्रीराधासर्वेश्वर मन्दिर प्रवेश ११:१५ बजेदेखि ११:२० बजेसम्म

६. श्रीराधासर्वेश्वर मन्दिरमा पूजा अर्चना ११:२० बजेदेखि ११:२५ बजेसम्म

७. श्रीराधासर्वेश्वर मन्दिरबाट जगद्गुरुपीठको मूलद्वारमा फिर्ती सवारी ११:२५ बजदेखि ११:२७ बजेसम्म
८. जगद्गुरु पीठको मूलद्वारमा रहेको राष्ट्रिय झण्डाको सम्माननीय राष्ट्रपतिज्यूको करकमलद्वारा झण्डोत्तोलन - ११:२७ बजेदेखि ११:३० बजेसम्म

९. आचार्य श्रीखेमराज केशवशरण स्मृति भवन व्यानर अनावरण गरी समुद्घाटन ११:३० बजेदेखि ११:३३ बजेसम्म

१०. गाडीद्वारा कुम्भस्थल प्रवेश र पञ्चकुण्डको परिक्रमा तथा पूजा अर्चना -११:३३ बजेदेखि ११:३५
बजेसम्म
११. सम्माननीय राष्ट्रपतिज्युको पूर्णमहाकुम्भमेलाको भव्य मञ्चमा प्रवेश ११:३५ बजेदेखि ११:३८ बजेसम्म

१२. नेपाल राष्ट्रका प्रथम ऐतिहासिक जगद्‌गुरु अनन्त श्री विभूषित वालसन्त मोहनशरण देवाचार्य महाराजश्रीबाट स्वागत सम्मान ११:३८ बजेदेखि ११:४० बजेसम्म

१३. महाकुम्भ मेलाको समुद्घाटन समारोहको औपचारिक कार्यक्रम प्रारम्भ ११:४० बजेदेखि ११:४२ बजेसम्म

१४. राष्ट्रिय गानमा सरिक ११:४२ बजेदेखि ११:४५ बजेसम्म

१५. पिण्डेश्वर पूर्ण महाकुम्भमेला मूल आयोजक समारोह समितिका सहअध्यक्ष एवम् वराहक्षेत्र न.पा.का नगरप्रमुख श्री रमेश कार्कीज्यूबाट स्वागत मन्तव्य ११:४५ बजेदेखि ११:५० बजेसम्म

१६. सम्माननीय राष्ट्रपतिज्यूबाट पूर्णमहाकुम्भ मेलाको पानसमा दीपप्रज्ज्वलन गरी समुद्घाटन ११:५० बजेदेखि ११:५५ बजेसम्म

१७. कोशी प्रदेशका माननीय मुख्यमन्त्री श्री केदार कार्कीज्यूबाट शुभकामना मन्तव्य ११:५५ बजेदेखि १२:०० बजेसम्म १७. माननीय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रि हितबहादुर तामाङज्यूबाट शुभकामना मन्तव्य १२:०० बजेदेखि १२:०५ बजेसम्म

१८. सम्माननीय राष्ट्रपतिज्यूबाट महाकुम्भ मेलाको सफलताका निम्ति शुभकामना मन्तव्य -१२:०५ बजेदेखि १२:१५ बजेसम्म

१९. सम्माननीय राष्ट्रपतिज्यूमा नागरिकका तर्फबाट अभिनन्दन-पत्रद्वारा बजेदेखि १२:१८ बजेसम्म नागरिक अभिनन्दन -१२-१५

२०. कुम्भमेलाका अन्वेषक नेपाल राष्ट्रका ऐतिहासिक प्रथम जगद्गुरु बालसन्त मोहनशरण देवाचार्य महाराजश्रीवाट आशीर्वचन एवम् समुद्घाटन समारोहको सभा विसर्जन -१२:१८ देखि १२:३० सम्म ।

कुम्भमेलाका अवसरमा जगदगुरु पीठले हिजै कलश यात्रा निकालेको छ । सोही अवसरमा आज बिहान ५:३० बजे रामानन्दाचार्य सेवा पीठले शोभायात्रा निकालेको छ । पीठले कलशयात्राबाट नगरपरिक्रमा गर्दै कुम्भका औपचारिक कार्यक्रम प्रारम्भ गरेको छ ।

रामानन्दाचार्य सेवा पीठले नवरात्र अनुष्ठानअन्तर्गत आजदेखि रामचरित मानस नव पाठ परायण, वाल्मीकि रामायण पाठ, दुर्गासप्तसती चण्डी पाठ, राम पन्चाङ्ग, चन्द्रकला सखीबाट राम कथा वाचनलगायतका कार्यक्रम सुरु गरेको छ ।

कार्यतालिका हेर्नुस् 
karyatalika ramanndacharya sewa pith