श्री शालवाहनीय शाके १९४५ ने. सं. ११४४ वि. सं. २०८० साल चैत १९ गते सोमबार, १ अप्रिल २०२४, पिङ्गलनाम संवत्सर। चैत्र कृष्णपक्षको सप्तमी तिथि २१ः३६ बजेसम्म, उप्रान्त अष्टमी, नक्षत्र मूल २३ः३५ बजेसम्म, उप्रान्त पूर्वाषाढा, चन्द्रमा राशि धनु, सूर्याेदय ०५ः५४ बजे र सूर्यास्त ०६ः२१ बजे हुनेछ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
पहिलेका समस्या दोहोरिनाले अलमल बढ्न सक्छ। हल्लाको पछि लाग्दा दुःख पाइनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
समस्या दर्शाउँदा शुभचिन्तकले साथ दिनेछन्। मिहिनेत गर्दा पछिका लागि फाइदा हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
तत्काल लाभ नभए पनि समस्या सुल्झाउन सकिनेछ। स्वास्थ्यका लागि निश्चित समय आराम गर्नुपर्ला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
गोपनीयतामा ध्यान पु¥याउनु होला । आंशिक काम सम्पादन हुनेछ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ । मनोरञ्जनको समय छ । जीवनशैलीमा परिवर्तन आउन सक्छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अतिथिका रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
साथीभाइबाट सहयोग मिल्नेछ । टाढिएका साथीभाइ नजिकिनेछन् । नयाँ कामतर्फ अग्रसर भइनेछ।  
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मिहिनेतले राम्रै प्रतिफल दिलाउनेछ । दिगो फाइदा हुने काम हातलागी हुनेछ । चुनौती चिर्दै काम बनाउन सकिनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ । पहिले ईष्र्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन् ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
थालेका कामबाट मनग्य फाइदा हुने समय छ । भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । अध्ययनमा प्रगति हुनेछ । मिहिनेतले सजिलै लक्ष्यमा पुग्न सकिनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
शैक्षिक प्रतिस्पर्धामा अग्रस्थान हासिल हुनेछ। बल तथा बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ।