बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी र नेपाली काङ्ग्रेसका स्थानीय नेताबीच समसामयिक विषयमा अन्तरक्रिया भएको छ ।

काङ्ग्रेसका क्षेत्र नं. १ का क्षेत्रीय सभापति सुजेन्द्र तामाङका अनुसार काङ्ग्रेसका स्थानीय नेतासँगको भेटमा उपकुलपति गिरीले सहयोग र सहकार्य गर्न तयार रहेको बताएका थिए । उक्त कार्यक्रममा उपकुलपति गिरीले अबको ६ महिनाभित्र चार सय शय्याको निर्माणाधीन अवस्थाको मातृशिशु स्वास्थ्य केन्द्र निर्माण सम्पन्न गरी हस्तान्तरण गरिने

भएको छ । यस्तै फार्मेसीलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने, एमबीबीएस शैक्षिक कार्यक्रममा स्थानीय कोटा निर्धारण गर्न आफू सकारात्मक रहेको जानकारी दिएको सभापति तामाङले बताए ।

प्रतिष्ठानमा विविध समस्या रहेकाले त्यस्ता समस्यालाई सम्बोधन गर्नका लागि पनि उपकुलपतिसँग भेटघाट गरिएको काङ्ग्रेसले जनाएको छ । प्रतिष्ठानमा एमआरआई मेसिन, भिडियो एक्स-रे, इन्डोस्कोपी, आइसियु तथा डायलाइसिस बेडको अभावले नागरिकले सास्ती खेपिरहेको भन्दै काङ्ग्रेसले उपकुलपतिलाई सचेत गराएको थियो ।