वराहक्षेत्रको श्रीलङ्का टप्पुस्थित गरैया कृषि सहकारी संस्था लिमिटेडको विशेष साधारण सभाले बद्रिकुमार राईको अध्यक्षतामा कार्य समिति निर्वाचित गरेको छ ।

अध्यक्ष राईसहित संस्थाको विशेष साधारण सभाले शुक्रबार उपाध्यक्ष गोल्छा झा, कोषाध्यक्ष नकुल मण्डल, सदस्यमा पूर्णीदेवी महतो र ध्यामराज राईलाई निर्वाचित गरेको निर्वाचन समिति संयोजक निरन्जन मण्डलले जानकारी दिए ।

२०७३ सालमा टप्पुका किसानहरुले स्थापना गरेको सहकारीमा हाल १ सय २७ जना कृषकहरु आबद्ध रहेको सचिव शिबेन चन्द्रवंशीले जानकारी दिए ।

सहकारीले स्थानीय कृषकहरुलाई मलखाद, बिउबिजन, किटनाशक विषादी वितरण गर्दै आएको छ भने बचत तथा ऋणसमेत प्रवाह गर्दै आएको छ ।

सहकारीले चक्लाबन्दी तरकारी खेती, पकेट क्षेत्र विस्तारलगायतका काम गर्ने गरी नीति पारित गरी कार्ययोजना निर्माण गरेको सचिव चन्द्रवंशीले जानकारी दिए । 

साधारण सभामा अर्जुनकुमार थापा, टेकबहादुर घिमिरे, गोपाल मण्डल, विजयकुमार राउत, उत्सव सुवेदी, दिलकुमार राईलगायत अतिथिहरुको उपस्थिति रहेको थियो ।