धरान । धरान–१५ स्थित चिल्ड्रेन्स् एकाडेमीले कक्षा १० का विद्यार्थीहरूलाई बिदाइ गरेको छ ।

शनिबार विद्यालय परिसरमा आयोजित भव्य समारोहमा आगामी एसईई परीक्षामा सहभागी हुने सत्रौँ ब्याचका ४५ जना विद्यार्थीहरूको बिदाइ गरिएको हो ।

प्रिन्सिपल गीता गुरुङ, भाइस प्रिन्सिपल वसन्त गुरुङ र संस्थापक उत्तम गुरुङद्वारा संयुक्तरूपमा दीप प्रज्वलन गरी कार्यक्रम आरम्भ भएको थियो । कार्यक्रमको अध्यक्षता प्रिन्सिपल गीता गुरुङले गरेकी थिइन् । प्रिन्सिपल गुरुङले विद्यार्थीहरूको उज्वल भविष्यको कामना गर्दै मिहिनेतका साथ अध्ययनलाई अगाडि बढाउनु पर्ने बताइन् ।

कार्यक्रममा विद्यार्थीहरूलाई मायाको चिनो प्रदान गरिएको थियो । विद्यार्थीहरूले गीत तथा विभिन्न नृत्य प्रस्तुत गरी मनोरञ्जन प्रदान गरेका थिए ।