१२ वर्ष पछी लाग्ने कुम्भ मेलाको मुल आयोजक समारोह समितिका अध्यक्ष नेपाल राष्ट्रका प्रथम एतिहासिक जगतगुरु बालसन्त मोहनशरण देवाचार्य महाराज द्वारा कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालयका राज्य मन्त्री इन्दिरा थापालाई निर्माण धिन कुम्भ मेलाको स्थल अवलोकन गराएका छन्। मन्त्री थापाले यो कुम्भ मेलाई आर्थिक कमी हुन नदिने बताएकी छन्।

चैत २७ गते लाग्ने कुम्भ मेलाको निर्माण कार्य तिव्र गतीमा बढेको  हुनाले सघिय सरकार प्रदेश सरकारलाइ अध्यक्ष जगतगुरु बालसन्त  देवाचार्यले आर्थिक मन्त्री थापालाई छिटो पहलको  कदम अगाडी बढाई दिन अनुरोध समेत राखेका थिए। यो अभिभारा हामी सवैको भएको हुनाले सवै जनाले आफ्नो आफ्नो ठाउँ बाट आर्थिक, भौतिक र नैतिक रुपमा सहयोग गर्न समेत माहाराजजी आचार्यले अनुरोध गरेका छन्।

 अहिले सवै यो निर्माण कार्यको खर्च दाता भक्तजनको सहयोगमा उठेको बाकी रकम कोषबाट खर्च भैइ रहेको  उनले बताएका छन्। सरकार बाट आर्थिक सहयोग गर्ने प्रतिबद्धता भएता पनी रकम निकास नहुदा। त्यसकारण निर्माणको काम गर्न ढिलाई भएको दुखेसो मुल समितिका अध्यक्ष महाराज आचार्य राज्यले मन्त्री थापा सामु  राखेका छन्।

 मन्त्री इन्दिरा थापाले  कुम्भ मेलाको स्थलगत अवलोकन गरी सकेपछि उनले त्याहाको वस्तु अवस्था जस्ताको त्यस्तै कोशी प्रदेशका माननीय मुख्य मन्त्री केदार कार्की सङ्ग बैठकमा राख्ने बताईन्  उनले १२ वर्षमा  लाग्ने पिण्डेश्वर महा कुम्भ मेलालाई  कोशी प्रदेश सरकारले गम्भीर रुपमा लिएको छ। यस अगिपनि यहाँको वस्तु अवस्था हेर्न आएको मन्त्री थापाले बताईन। उनले जतिसक्दो चाँडो बजेट विनियोजन गर्ने प्रतिबद्धा व्यक्त गरेकी छन्।

पिण्डेस्वर पूर्ण महाकुम्भ मेला यही चैत २७ गते देखी २०८१ वैशाख २८ गते सम्म एक महिना लाग्ने भएको छ। महाकुम्भ मेलाला  समुदघाटन गर्न माननीय रास्ट्रपति रामचन्द्र पौडेल बाट हुने मुल आयोजक समारोह समितिका सचीव चन्द्र मगरले बताएका छन्। निर्माण कार्य अहिले ५० प्रतिशत भइसकेको र अवको १५ दिनमा यो निर्माण कार्य पुर्ण रुपमा गरिसक्ने सचिव मगरले बताएका छन्।

 मेला विसुद्ध धार्मिक मेला भएको हुनाले दैनिक उपभोग हुने खाध्य वस्तु, पुजाको सामाग्री, कपडा, साना घरेलु उधोगहरुको स्टल राख्न सक्ने छ। पहिला पहिला केही शुल्क लागने गरे पनि यसपालि देखी नि शुल्क  गरिने सचिवालयमा  छलफल भैइ राखेको मुल समिति सचीव मगरले बताएका छन्।