विजयपुर । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजले २२ औं शाखा धरानमा सञ्चालन गरेको छ ।

बिहीबार धरानको पुतली लाइनमा २२ औँ शाखाको उद्घाटन धरान उपमहानगर प्रमुख अइन्द्रविक्रम बेघाले गरे । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजले उच्चशिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई गुणस्तरीय शैक्षिक परामर्श प्रदान गर्दै आएको छ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान रहिसकेका नेपाल क्रिकेट सङ्घका सचिव पारस खड्का एक्सपर्ट एजुकेसनका ब्रान्ड एम्बास्डर हुन् ।

उद्घाटन कार्यक्रममा बोल्दै ब्रान्ड एम्बास्डर खड्काले एक्सपर्टको ट्रयाक रेकर्ड राम्रो रहेको बताउँदै विगत ७ वर्षदेखि यस संस्थासँग आबद्ध भएर कार्य गरिरहेको बताए । स्वदेश तथा विदेश जता बसेर पनि देशको सेवा गर्न सकिने बताउँदै उनले अध्ययनपछि देशको विकासमा योगदान पु¥याउन आग्रह गरे । उपप्रमुख बेघाले धरानमा व्यवसाय गर्न आउनु खुसीको कुरा भएको बताए । उनले देश विकासमा साना–ठूला सबै व्यापारी व्यवसायीको योगदान रहेको बताए ।

कार्यक्रममा सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय श्रेष्ठ, उद्योग सचिव अशोक जैन डागा, कार्यसमिति सदस्य विष्णु बराल, ई–क्यान पूर्वाञ्चलका अध्यक्ष रविन्द्र निरौला, नेपाल विज्ञापन बोर्डका सदस्य पवन अधिकारी, ई–क्यान पूर्वाञ्चलका निवर्तमान अध्यक्ष प्रकाश लकान्द्री, नेका कोशी प्रदेशका पूर्व अध्यक्ष मोहन तिगेलालगायतको उपस्थिति रहेको थियो । अष्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रहेको एक्सपर्ट एजुकेशनको धरान शाखा नेपालमा २२ औँ शाखा हो भने कोशी प्रदेशमा पाँचौँ शाखा हो ।

विश्वका २० वटा देशमा नेपालसहित ६५ भन्दा बढी शाखा कार्यालयहरू सञ्चालनमा रहेको कार्यक्रम जानकारी दिइएको थियो । कोशी प्रदेशको बिर्तामोड, दमक, विराटनगर, इटहरीमा शाखाहरू सञ्चालनमा रहेको सञ्चालक कमल तिम्सिनाले जानकारी दिए ।

सामाजिक कार्यमा पनि सक्रिय एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजको परोपकारी गतिविधिका लागि सञ्चालित संस्था एक्सपर्ट फाउन्डेसनले २ लाख अष्ट्रेलियन डलरको ‘कोभिड सहयोग कोष’ स्थापना गरी विद्यार्थीलाई सहायता प्रदान गरेको, २०७२ को भूकम्प, गत कात्तिक महिनामा नेपालको पश्चिमी क्षेत्र रोल्पा, रुकुममा गएको भूकम्पमा लाखौँ रुपैयाँको सहायता प्रदान गरेको नेपालका कन्ट्री डाइरेक्टर खेम सङ्ग्रौलाले जानकारी दिए ।