हङकङमा विश्वव्यापी गैरआवासिय नेपाली संघ (जिएनआरएनए) गठन भएको छ । आईतबार रेगल काउलुन होटलमा भएको संघको प्रथम साधारणसभाले जिएनआरएनए हङकङको अध्यक्षमा पूणर्बहादुर राना चयन गरेको हो ।

gnrn (2)

त्यस्तै उपाध्यक्षमा सुमित्रा मल्ल र आकाश बन्जरा, महासचिवमा सागर थापा, सचिवमा खेडुप लामा र कोषाध्यक्षमा ज्ञान गुरुङ चयन भएका छन् । त्यस्तै संघको युवा संयोजकमा अञ्जना राई र महिला संयोजकमा बिव्या गुरुङ चयन भएका छन् । 

त्यसैगरी सदस्यहरुमा दीपेन गुरुङ, अस्मि गुरुङ, करिष्मा राई, संगीता घले, विशाल गुरुङ र क्रान्ति राना चयन भएका छन् । 

डा.शेष घले, त्रिलोक गुरुङ, दुर्गा गुरुङ, दिलिप गुरुङ, पविन्द्र गुरुङ र अर्चन गुरुङको सञ्चालक समितिले साधारणसभा सञ्चालन गरेको थियो ।

संघको साधारणसभामा संस्थापक सदस्य दिलिप गुरुङले प्रस्तुत गरेको हङकङ विधान पारित भएको छ । हङकङका लागि नेपाली महावाणिज्यदूत डा. उदयबहादुर रानामगर प्रमुख अतिथि र गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्वअध्यक्ष डा. शेष घले विशेष अतिथि रहेको कार्यक्रममा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समवन्य परिषद् (आईसीसी) का उपाध्यक्षद्वय थर्क सेन र भोमा लिम्बू, आईसीसी ब्रान्ड एम्बासडर दिपेश खत्री, हङकङ नेपाली महासंघकी अध्यक्ष रिता गुरुङ लगायतको उपस्थिति रहेको थियो। तदर्थ समितिका अध्यक्ष त्रिलोक गुरुङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा नेपाली महावाणिज्यदूत उदय राना मगर, डा.शेष घले, त्रिलोक गुरुङ, अर्चन गुरुङ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।