मृगौला रोगबाट पीडित पूर्वशिक्षक हेम राईलाई आदर्श माविका विद्यार्थीले आर्थिक सहयोग गरेका छन्।

आदर्श माविमा २०६४ सालमा एसएलसी दिएका विद्यार्थीहरुको समूहले पूर्व शिक्षक राईको उपचारार्थ २४ हजार ७ सय ७० रुपैयाँ हस्तान्तरण गरेको रणजित राईले जानकारी दिए ।

तीन वर्ष अघिदेखि  मृगौलामा समस्या देखिएपछि उनी उपचाररत छन् । चिकित्सकले मृगौला प्रत्यारोपण गर्नुपर्ने सुझाव दिएका छन् । उनको उपचारका लागि ५ लाख रुपैयाँ खर्च हुने चिकित्सकले बताएका छन् ।

वराहक्षेत्र १ स्थित पहाडी क्षेत्र सूर्यकुण्ड निवासी राई
हाल उपचारकै लागि सिंहदेवी थानमा बसोबास गर्दै आएका छन् । १७ वर्ष ६ महिना शिक्षण सेवा गरेका उनी रोगका कारण जागिर गुमाउन पुगेका थिए । 'बोन ड्यामेज' र 'प्याराथाइराइड' का समेत रोगी उनले उपचारका लागि ५५ लाख रुपैयाँ खर्च गरेको पारिवारिक स्रोतले जानकारी दिएको छ । बिरामी राईले ११ पटक सिटीस्क्यान गरेको जानकारी दिए । उपचार खर्चको अभाव भएका कारण उनले सहयोगका लागि याचना गरेका छन् ।