पत्रकार तथा पर्यटन अभियन्ता आनन्द श्रेष्ठ मकाउका लागि अवैतनिक पर्यटन प्रवद्र्धक नियुक्त भएका छन् । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विभिन्न देश, राज्य र सहरका लागि विहीबार श्रेष्ठ सहित २९ जनालाई पर्यटन प्रवद्र्धकमा नियुक्ति गरेको हो । वातावरण तथा पर्यटन विकास केन्द्र धरानका अध्यक्ष श्रेष्ठ पत्रकार महासंघ सुनसरीका २०५५—०५७का सभापति हुन् । हाल उनी नेकपा एकिकृत समाजवादी निकटको समाजवादी प्रेस संगठन नेपालका केन्द्रिय सदस्य रहेका छन् । 

फागुन १३ गते मन्त्रीस्तरको निणर्यअनुसार २९ जनालाई पर्यटन प्रवद्र्धक नियुक्त गरिएको मन्त्रालयका प्रवक्ता हेमराज तामाङले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नियुक्त भएकाहरुको विवरण

hh

hh2