विराटनगर । सुनसरीको इनरुवामा रहेको अजय राज हस्पिटल एण्ड क्यान्सर सेन्टर प्रालिमा विशेषज्ञ चिकित्सकहरुबाट उपचार हुने गरेको छ । विशेषज्ञ चिकित्सकहरूबाट हस्पिटलमा आएका विरामीहरुको भरपर्दो उपचार हुने गरेको अस्पतालले जनाएको छ ।

अस्पतालमा दुई हप्तासम्म ल्याबमा छुट दिने योजना लिएर आएको अजय राज हस्पिटल एण्ड क्यान्सर सेन्टर प्रालिका सञ्चालक अजय यादवले बताए । ल्याब परीक्षणमा विरामीलाई २५ प्रतिशत छुट दिएको उनले बताए ।

‘विरामीको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर छुट योजना लिएको हो,’ उनले भने, ‘१५ दिनसम्म विरामीको स्वास्थ्य उपचारमा हामीले विशेष योजना लिएर आएको हो ।’ सामाजिक उत्तरदायित्व अन्र्तगत रहेर अस्पतालले विरामीहरुको लागि विशेष योजना ल्याउने गरेको उनले बताए ।

अस्पतालले अप्रेसनमा १० प्रतिशत र बेर्ड चार्जमा ५० प्रतिशत छुट दिएको सञ्चालक यादवले बताए । ५० शैय्याको हस्पिटलमा विशेषज्ञ चिकित्सकहरुबाट ओपीडि, फार्मेसी तथा युरोलोजि सेवा, २४ सै घण्टा आकस्मिक सेवा, बाल तथा नवजात शिशुको उपचार विशेषज्ञ चिकित्सकबाट हुने गरेको छ ।

यस्तै ल्याप्रोस्कोपीद्धारा पथरी तथा अन्य जनरल सर्जरी सेवा, हाडजोर्नी तथा नशा रोगको उपचार एवं फिजियोथेरापी, नाक,कान, घाँटी सम्बन्धी सम्पूर्ण अप्रेशन तथा उपचार, क्यान्सर इक्रेनिङ्ग सेवा सुरु हुने गरेको अस्पतालले जनाएको छ ।