विजयपुर । परिवर्तनशील समाज नेपालको अध्यक्षमा उर्मिला प्रधाना चयन भएकी छन् ।
शनिबार धरानमा सम्पन्न समाजको दोस्रो साधारणसभाबाट प्रधानको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति चयन भएको हो । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा माधव बास्तोला, उपाध्यक्षमा सरिता लिम्बू, नेत्रकुमारी राई र सुरज अधिकारी चयन भएका छन् ।
यस्तै समितिको महासचिवमा किरण आचार्य, सचिवमा रमला राई, कोषाध्यक्षमा कल्पना रोइला चयन भएका छन् । समितिको प्रवक्तामा मुकेश घिमिरे र सह–कोषाध्यक्षमा ज्ञानु थापा चयन भएका छन् ।
समितिको सदस्यहरूमा चित्रकुमारी राई, श्यामकुमार भुजेल, गायत्री लुइँटेल र सुरज तामाङ चयन भएका छन् । विश्वराज भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. जीवन राई रहेका थिए ।