संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले कोशी प्रदेशका धार्मिक स्थलहरुलाई प्रदेश सरकार मातहत ल्याउने निर्णय गरिसकेको बताएका छन् ।

प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समितिद्वारा धरानमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री किरातीले पाथीभरा, हलेसी, वराहक्षेत्र, कचनकवललगायतका धार्मिक क्षेत्रलाई प्रदेश सरकार मातहत ल्याउने गरी नीति निर्माण गरेको बताएका हुन् ।

'पाथीभरा, हलेसी, वराहक्षेत्र, कचनकवलल प्रदेशमै हस्तान्तरण गर्ने निर्णय भइसकेको छ ।' मन्त्री किरातीले भने ।

उनी धरानमा आजदेखि सुरु हुने धरान एक्स्पो (पर्यटन, कृषि, सूचना प्रविधि, कला, संस्कृति, शिक्षा, तथा औद्योगिक व्यापार प्रदर्शनी) को उद्घाटनका लागि धरान आइपुगेका हुन् ।