धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको चिकित्सा तथा दन्त चिकित्सा शिक्षक कल्याण समाजले शिक्षक कल्याण समाजलाई आर्थिक सहयोग गरेको छ ।

समाजले बढुवाको लागि अदालतमा गरेको निवेदनपश्चात् वकिल शुुल्क तथा बहस पैरवीको लागि रकम सहयोग गर्न आग्रह गरेअनुसार ४० हजार सहयोग गरेको अध्यक्ष डा. अरुनकुमार सिंहले जानकारी दिए ।

IMG-20240212-WA0004

समाजका महासचिव डा. संयोग उप्रेतीलाई ४० हजार रकम बराबरको चेेक हस्तान्तरण गरिएको उनले जानकारी दिए । समाजले पद बढुवाको माग गर्दै उच्च अदालत विराटनगरमा मुुद्दा हालेका थिए।

समाजले पछिल्लो पटक पद बढुवाको माग राख्दै २७ दिनसम्म आन्दोलन गरेको थियो ।