धरान । जनयुद्ध दिवशको अवसरमा भोलि (मंगलबार) धरानको भाानुचोकमा रक्तदान कार्यक्रम हुँदै छ ।

नेकपा माओवादी केन्द्रले आज पत्रकार सम्मेलन गर्दै रक्तदानसहित सहिदको परिवारलाई सम्मानित गरिने मूल आयोजक समितिका संयोजक उद्दब लिम्बूले जानकारी दिए ।

उनका अनुसार धरानमा १३ सहिद परिवार र ३ बेपत्ता परिवार बस्दै आएका छन् । उनीहरूको अवस्था बुझ्दै अन्तरक्रिया गरिने उनले जानकारी दिए ।

साँझ दीप प्रज्ज्वलन गरिने भएको छ । सहिदको सम्मान साथै जनयुद्धको स्मरणका लागि दीप प्रज्ज्वलन गरिने भएको हो ।