धरानको युएन कलेजकी प्रिजा डाँगी सम्मानित भएकी छन् । 

उनी बिएचएमको आठौँ सेमेस्टरतर्फ कोशी प्रदेश प्रथम भएकी छन् । कलेजले एक कार्यक्रम गरी शुक्रबार डाँगीलाई सम्मानित गरेको हो । 

कलेजका अध्यक्ष ज्ञानेश्वर झा र क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापोले नगद २५ हजार रुपैयाँसहित सम्मान–पत्रले सम्मानित गरे । प्रिजाले त्रिविको अन्तिम परीक्षामा ३ दशमलव ८५ जीपीए प्राप्त गर्दै कोशी प्रदेश प्रथम भएको क्याम्पस प्रमुख तुम्बापोले जानकारी दिए । कलेजका होटल म्यानेजमेन्ट संयोजक गगन श्रेष्ठ, अध्यापकहरू अनिमेस बास्तोला र सृजना लिम्बूले बधाई दिए ।