हङकङ/ हङकङ तामाङ घेदुङको आयोजनामा यहॅाको ताईतोङ कण्ट्री पार्कमा २०६० सोनाम ल्होच्छार भब्यताका साथ सम्पन्न भएकाे छ ।

तामाङ समुदायका अग्रज कुलमान मोक्तान तथा दार्जीलिङबाट आएका गुरू रिम्पोचे थुप्तेन लामा, याउमातेई स्थित सम्बोधी ज्ञान धर्म सेण्ट गुम्बाका लामाहरूबाट पुजा गरि ल्होच्छार पर्वको सुरूवात गरिएको थियो । बालबालिकादेखी वृद्ध-वृद्धाहरूको उपस्थीती रहेको कार्यक्रममा अग्रज कुलमान मोक्तानले डम्फु बजाउॅदै तामाङ गीत गाउॅदै डम्फुको सॅास्कृतिक महत्वबारे प्रकाश पारेेका थिए ।

received_697659789226844

हङकङ तामाङ घेदुङका अध्यक्ष अनिता पाख्रिन तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रमा हङकङ नेपाली महासंघकी अध्यक्ष रिता गुरूङ, गैर आवासिय नेपाली संघ (एनआरएनए) हङकङकी उपाध्यक्ष अनु तामाङ, आदीवासी जनजाती महासंघ हङकङका महासचिव तिलक सोमाई, आदीवासी जनजाती महासंघ हङकङका पुर्व अध्यक्ष एमबी थापा, प्रवासी नेपाली एकता समाज हङकङका अध्यक्ष ईश्वर विक्रम शाह लगायतकाले शुभकामना दिएका थिए। 

हङकङ तामाङ घेदुङका आङी समुहको सहआयोजना रहेको कार्यक्रममा समुहकी अध्यक्ष कमला मोक्तान तामाङ तथा हङकङ तामाङ घेदुङका पुर्व अध्यक्षहरू रमेश मोक्तान, विश्वनाथ घिसिङ, प्रेम मोक्तान, दुर्गा बहादुर योञ्जन लगायतको सक्रिय सहभागीता रहेको थियो । पुर्व अध्यक्ष विश्व घिसीङका अनुसार ३ सय भन्दा बढी तामाङ समुदायको सहभागीता रहेको थियो ।

received_809956097606954

ल्होच्छारको रौनकमा गैर तामाङ र चीनीयाहरू समेत रमाईरहेका देखिन्थ्यो । कार्यक्रममा संयुक्ता डान्स सेण्टरका कलाकारहरूले आकर्षक नृत्यहरू प्रस्तुत गरेका थिए । 

-तस्बीरहरूः जगत अम्बु गुरूङ र डम्बरकृष्ण श्रेष्ठ

received_306715431991866