राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले काङ्ग्रेस, एमाले र माओवादीले तीन दशकमा संसारकै भ्रष्ट र गरिब राष्ट्र बनाएको आरोप लगाएका छन् ।

उदयपुरको राप्रपा बेलका नगर समितिले शुक्रबार आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै लिङ्देनले तीन दशकमा गर्न नसकेको काम यी दलले अर्को वर्षमा गर्छन् भन्ने आशा पनि मरेको बताए । उनले मुलुकलाई नयाँ दिशा दिन राप्रपा तयार रहेको बताए ।

उनले भने, 'यी पार्टीले तीन दशकमा देश बनाउने होइन, संसारकै भ्रष्ट र गरिब राष्ट्र बनाए । ३ दशकमा नगरेको काम अर्को वर्ष गर्छन् भन्ने आशा छ ?' उनले थपे, 'तपाईलाई फेरि काङ्ग्रेस, एमाले र माओवादीलाई जिताएर वा ती पार्टीका अर्का मान्छेलाई जिताएर यो देश बन्छ भन्ने विश्वास छ ?'
उनले प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र सबै यिनै तीन राजनीतिक दलले चलाएको बताउँदै भने, 'एक-दुई महिना, दुई-चार महिना । कहिलेकाहीं एक-दुई वटा मन्त्रालय राप्रपालाई दिए होलान् । मूल राजनीतिक नेतृत्व उनीहरूले नै गरेका होइनन् ?''

अध्यक्ष लिङ्देनले ती दललाई अब २० वर्ष राज्य सत्ता सञ्चालन गर्न दिए मुलुक थप ध्वस्त पार्ने बताए । 'किन जानी जानी आफ्नो देश ध्वस्त पार्नु ? देश ध्वस्त पार्ने काममा किन सहभागी बन्नुहुन्छ ? राजा हटेको देशमा गणतन्त्र आएको डेढ दशक भयो, डेढ दशकमा उनीहरूले के गरे अध्यक्ष लिङ्देनले भने ।

'प्रगतिको सूची मुमाउनु पर्ने ठाउँमा अहिले पनि राजालाई गाली गरेर आफ्नो सत्ता जोगाउन खोजिराखेका छन्। अब पनि यिनीहरूलाई छुट दिइराख्ने उनले राजा ज्ञानेन्द्रलाई दरबार हत्याकाण्डसँग जोड्ने गरेको बताउँदै भने, 'म राजाको सफाइ पेश गर्न चाहन्न। राजदरबार हत्याकाण्डमा राजा ज्ञानेन्द्रको संलग्नता थियो भने, शिरमा मुकुट कसले मगाइदियो ?' उनले का‌ङ्ग्रेस र एमालेले नै राजा ज्ञानेन्द्रलाई मुकुट लगाइदिए, दाम राखेर, ढोगेर नेपालको राजसंस्थालाई निरन्तरता दिएको उनले दावी गरे ।

दरबार हत्याकाण्डमा राजा ज्ञानेन्द्रको संलग्नता थियो भने परबार हत्याकाण्डमा १० जना मानिसको ज्यान गयो। राजा वीरेन्द्रको बहश नाश भयो दरबार हत्याकाण्डको प्रत्यक्षदर्शी सबै मानिसको मृत्यु नभए‌को बताउँदै भने, 'बाँचेका मान्छेलाई सार्वजनिक वयान गराएर राज ज्ञानेन्द्रको संलग्नता किन पुष्टि गर्दैनन्?'

ज्ञानेन्द्रले दरबार हत्याकाण्ड गरेको कुरामा सत्यता नभएको बताए। उनले भ्रममा नपर्न आह्वान गरे । उनले राजालाई गाली गर्न नहुने बताए। उनले देश बेचिए‌को बताउँदै भने, 'देशले कुन प्रकारको प्रगति  गरेको छ, हामीले देखिसकेका छौं ।' उनले कसैलाई निषेध गरेर जान नहुने बताए। उनले सबै राजनीतिक दललाई धर्मनिरपेक्षता, गणतन्त्र, स‌ङ्घीयताजस्ता विषयहरू आह्वान गरिरहेको बताए ।

उनले भने, 'त्यसैले यो राजनीतिक दलहरुलाई निषेधको बाटोबाट हामी व्यवहार गर्नुको सट्टा हामीले आह्वान गरिरहेका छौं, तपाईंले धर्मनिरपेक्षता, गणतन्त्र, सङ्घीयताजस्ता विषयहरु जो देशलाई देशवासीलाई बोकाउनु भो, त्यो ल्याउने क्रममा तपाईं विदेशीको दबावमा पर्नु भो होला, प्रभावमा पर्नु भो होला अथवा आफ्नै सुविचारबाट यो ल्यायो भने देशलाई यो बाटोबाट हिडायो भने राम्रो हुन्छ होला भन्ने तपाईंले यो व्यवस्था ल्याउनुभो होला, तर यो डेढ दशकमा पुष्टि भयो यो गलत बाटो रहेछ ।'