श्री शालवाहनीय शाके १९४५ ने.सं. ११४४ वि.सं. २०८० साल माघ २६ गते शुक्रबार, ९ फेब्रुअरी २०२४, पिङ्गलनाम संवत्सर । माघ कृष्ण  पक्षको चतुर्दशी तिथि ०८ः२१ बजेसम्म, उप्रान्त औंसी, नक्षत्र श्रवण २३ः४६ बजेसम्म, उप्रान्त धनिष्ठा, चन्द्रमा राशि मकर, सूर्याेदय ०६ः४५ बजे र सूर्यास्त ०५ः५० बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
गुमेको स्थान प्राप्त हुनुका साथै लोकप्रियता समेत बढ्नेछ। विशेष भेटघाटले काममा उत्साह बढाउला।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आँटले कीर्तिमानी दिलाउनेछ। साथीभाइको सहयोग जुट्नेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सामाजिक दायित्व बढ्नेछ। व्यापारमा फाइदा हुनेछ।जिम्मेवारी प्राप्त भए पनि तत्काल लाभ नहुन सक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अवसरका लागि जोखिमपूर्ण काममा जुट्नुपर्ला। कामको सन्दर्भमा प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मौका आए पनि नयाँ काम थाल्नुअघि राम्ररी विचार पुर्याउनु होला। कामकाजमा अलमल होला।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
व्यवसायबाट फाइदा नहुने स्थिति देखिन्छ। विश्वास गर्दा धोका हुन सक्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समस्याप्रति गम्भीर नबन्दा दुःख पाइनेछ। कामको चाप बढ्नेछ भने शरीरमा आलश्य अनुभूति हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनु होला। गोपनीयता बाहिरिनाले समस्या पर्न सक्छ।  
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आफ्नो वस्तुमा अरूले दाबी गर्लान्। बिग्रिएको काम सच्याउन दोहोर्याएर प्रयत्न गर्नुपर्ला।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
रमाइलो यात्रा गर्ने अवसर जुर्नेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिन सक्छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
कामको चापबाट फुर्सद पाइनेछ। व्यवसायले मनग्य आम्दानी दिलाउनेछ। विभिन्न उपहार प्राप्त होला।