श्री शालवाहनीय शाके १९४५ ने.सं. ११४४ वि.सं. २०८० साल माघ २५ गते बिहीबार, ८ फेब्रुअरी २०२४, पिङ्गलनाम संवत्सर। माघ कृष्ण पक्षको त्रयोदशी  तिथि ११ः३४ बजेसम्म, उप्रान्त चतुर्दशी, नक्षत्र उत्तरषाढा भोलि ०२ः३० बजेसम्म, उप्रान्त श्रवण, चन्द्रमा राशि धनु, सूर्याेदय ०६ः४६ बजे र सूर्यास्त ०५ः४९ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
परिस्थितिवश चिताएको काममा बाधा पुग्नेछ। अरूका लागि रकम र बुद्धि खर्चनु पर्ला।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन् । आंशिक फाइदा भए पनि काम पूरा गर्न समय लाग्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मिहिनेतको नतिजा चित्तबुझ्दो नआउन सक्छ । कामको चाप बढ्ने समय छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला। रोकिएका काममा दोहो¥याएर प्रयत्न गर्नुपर्ला।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
उधारोमा व्यापार गर्नुपर्ला। मिहिनेत गरे आंशिक लाभ उठाउन भने सफल भइनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
काममा साथीभाइको सहयोग जुट्नेछ। धन तथा ज्ञानको भण्डार बढ्नेछ भने जीवनशैली आनन्दमय रहनेछ।  
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अतिथिको रूपमा सत्कार पाइएला। आम्दानी बढाउने काम गर्न सकिनेछ। व्यवसायले रमाइलो यात्रा गराउन सक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रियभेट हुनुका साथै विशेष उपहार प्राप्त होला । प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सोखले मालसामान जुटाउन प्रेरित गर्नेछ।काममा दौडधुप गर्नुपरे पनि मिहिनेतले सफलता दिलाउनेछ।  
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समस्या पन्छाएर काम गर्न सकिनेछ । दिगो काम थालनी हुनेछ । पछिका लागि सकारात्मक सङ्केत प्राप्त हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ । प्रतिस्पर्धाको दौडमा जित हासिल हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। महत्वाकाङ्क्षी कार्य शुभारम्भ गर्ने समय छ।