विजयपुर । धरान उपमहानगरपालिकामा जङ्गली हात्ती प्रवेश गरेर क्षति पुर्याएको छ ।

आइतबार बेलुका धरान–१५ स्थित धौलागिरी टोलको सुसन रोडमा प्रवेश गरी क्षति गरेको हो । बाँझगरा सामुदायिक वनका अध्यक्ष राजन मोक्तानका अनुसार नारायण श्रेष्ठको घरमा क्षति गरेको हो । उनले ब्लाष्टसँगको फोनसम्पर्कमा भने, ‘पहिले झ्याल भत्काए छ । त्यसपश्चात् शौचालयको वाल भत्काएछ अनि अर्को कोठाको वाल भत्काएर चोकर खाएछ ।’

उनका अनुसार एउटा हात्ती गाउँ प्रवेश गरेको थियो भने अन्य ३ वटा हात्ती जङ्गलमा देखिएका थिए । हात्तीले सब्जीबारीमा क्षति पुर्याएको छ । प्रहरीको सहयोगमा हात्ती लखेटेको अध्यक्ष मोक्तानले जानकारी दिए । इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लले हात्तीले गरेको क्षतिको पूर्ण विवरण नआएको बताए । उनले भने, ‘सामान्य क्षति भएको छ ।’ उनले सुरक्षाका लागि धरान–१५ मा गाडी अलर्ट अवस्थामा राखेको पनि बताए ।

hatti drn1