पठन-पाठन बन्द हुँदा आफूहरूको भविष्य अन्धकार हुने भन्दै विद्यार्थीले अनशन सुरु गरेका हुन् ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थीहरूले रिले अनशन सुरु गरेका छन् ।

पठन-पाठन सुरु गर्नुपर्ने माग गर्दै विद्यार्थीहरू बिहीबारदेखि रिले अनशन सुरु गरेका हुन् । विद्यार्थी कल्याण समाजका वरिष्ठ उपाध्यक्ष डा. यादव अर्यालले पठन-पाठन सुरु नभएसम्म अनशन बस्ने बताए। उनले भने, हाम्रो एक सूत्रीय माग हो। जबसम्म पठन-पाठन सुरु हुदैन, तबसम्म अनशन जारी रहन्छ ।'

विद्यार्थीका समस्या कतैबाट सुनुवाइ नभएपछि अनशन बस्न बाध्य भएको उनले बताए । उनले भने, 'पढाइ बन्द हुँदा एकेडेमिक सेड्युल बिग्रिई विद्यार्थीलाई आर्थिक भार तथा मनोवैज्ञानिक क्षतिसमेत भएको छ। मारा पूरा नभएसम्म २४ सै घण्टा अनशन बस्ने उनले बताए ।

पदोन्नतिको प्रक्रिया सुरु गर्नुपर्ने माग राखेर प्रतिष्ठानका शिक्षकहरूले पुस २९ गतेदेखि आकस्मिकबाहेक सबै सेवा बहिष्कार गरेपश्चात् हाल पठन-पाठन बन्द रहेको छ । पठन-पाठन बन्द हुँदा आफूहरूको भविष्य अन्धकार हुने भन्दै विद्यार्थीहरूले अनशन सुरु गरेका हुन् ।