राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काे धरान उपमहानगर तदर्थ समितिकाे सभापतिमा सुमन श्रेष्ठ चयन भएका छन् ।

शुक्रबार धरानका सदस्यहरुकाे भेलाले श्रेष्ठलाई सभापतिमा चयन गरेकाे हाे । यसअघि नगर उनी नगर सचिव थिए । नगर सभापति राजेशमान श्रेष्ठ प्रदेशमा गएपछि सचिव श्रेष्ठलाई सभापतिमा चयन गरिएकाे हाे ।

समितिकाे उपसभापतिमा राम कार्की चयन भईका छन् भने सदस्यहरुमा  श्रीकृष्ण प्रसाईं, ठाकुरबहादुर कार्की, ख्यामप्रसाद फुयाँल, ढङ्ग बहादुर राई, भाेलामान गुरुङ, मिरा लाेहार, सुनिता श्रेष्ठ, प्रतिमा श्रेष्ठ र रिया परियार चयन भएका छन् । पार्टीको विधान बमोजिम सचिव र काेषाध्यक्ष चयन गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिएका छन् ।