होप धरानले सामाजिक रूपमा समस्या भएका व्यक्ति तथा संस्थालाई सहयोग प्रदान गरेको छ।

बिहीबार होप धरानका अध्यक्ष निश्चलमोहन पलिखे, होप धरानका हङ्कङ संयोजक रविना रसाइली, युके संयोजक सङ्गीता बर्देवाले विभिन्न व्यक्ति तथा संस्थालाई सहयोग गरेको हो। यसक्रममा धरान उपमहानगरपालिका–४ स्थित पवित्र बाल आश्रमलाई एक थान टिभी प्रदान गरेको छ।

IMG20240201113213

त्यस्तै धरान–१८ की मिर्गौला पीडित कमला शाहीलाई ६ हजार रुपैयाँसहित औषधि प्रदान गरेको छ। भोजपुर गट ट्यालेन्टमा सहभागी बोल्न र सुन नसक्ने ८ वर्षीया बालिका कौशिला ल्वागुनलाई भोटिङका लागि १० हजार तीन सय २० रुपैयाँ र नेपाल सशस्त्र प्रहरी बल धरानलाई ८ हजार रुपैयाँ बराबरको औषधि वितरण गरेको छ। 

उक्त रकमलगायतका सामग्री धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईले हस्तान्तरण गरे। उनले होप धरानले समाजमा हुने आपत्कालीन सस्यादेखि अन्य समस्याहरूमा पनि सहयोग गर्दै आएकोप्रति धन्यवाद ज्ञापन गरे। उनले यस्ता उदाहरणीय कामबाट सबैले पाठ सिक्नुपर्ने बताए।