धरान । नेपाली काङ्ग्रेसको भातृसंस्था नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको यही माघ ६ गते सुनसरीका आठवटा नगर तथा गाउँपालिकाको अधिवशेन सम्पन्न भएको छ ।

१२ वटा स्थानीय तहमध्ये आठवटा स्थानीय तहको अधिवेशन सम्पन्न भएको महासङ्घ सुनसरीका जिल्ला सभापति तिलकबहादुर सुनुवारले जानकारी दिए । उनका अनुसार धरान, इटहरी उपमहानगरपालिकासहित रामधुनी, दुहबी, वराहक्षेत्र नगरपालिका, गढी, कोशी, नर्सिङ भोक्राहा गाउँपालिकाको अधिवेशन सम्पन्न भएको हो ।

धरान उपमहानगरको अधिवेशनबाट अध्यक्षमा कृष्णकुमार राई, उपाध्यक्षद्वयमा मञ्जु शाक्य, नकुल राई, सचिवद्वयमा हर्कराज लिम्बू र लक्ष्य पालुङ्वा लिम्बू, सह–सचिवद्वयमा शोभा राई र सोनाहाङ राई, महिला सदस्यमा शोभा भुजेल, सदस्यमा दुर्गामाया तामाङ र सरिता लिम्बू रहेका छन् । यस्तै इटहरीमा जीवन राईको अध्यक्षतामा सिर्जना राई र वीरेन्द्र चौधरी उपाध्यक्ष, सचिवद्वयमा सोनिता राई र प्रेम चौधरी, सह–सचिवद्वयमा मञ्जु श्रेष्ठ र बीबी तामाङ, महिला सदस्यमा एलिना चौधरी र सदस्यद्वयमा मीना राई र रेनु श्रेष्ठ रहेका छन् ।

यस्तै दुहबी नगरपालिकामा रामभक्त राईको अध्यक्षतामा सुशीलादेवी हजारी, सुरेन्द्रकुमार गच्छदार, सचिवद्वयमा श्यामकुमार चौधरी र रामनारायण चौधरी, सह–सचिवद्वयमा निलम चौधरी र किरणकुमारी उराँव, महिला सदस्यमा छपनसरीदेवी थारूनी, सदस्यमा जयप्रकाश गच्छदार र ओमप्रकाश चौधरी रहेका छन् । रामधुनी नगरपालिकामा दिलबहादुर राईको अध्यक्षतामा अर्जुन राई र सन्जिता चौधरी उपाध्यक्ष, विक्रम राई र लक्ष्मी धिमाल सचिव, लक्ष्मीकुमारी सिन्दार चौधरी र विनोदकुमार चौधरी सह–सचिव, सन्जिता भुजेल महिला सदस्य र ध्रुवनारायण चौधरी र बिनु चौधरी सदस्य रहेका छन् ।

वराहक्षेत्र नगरपालिकामा शिववती राजधामीको अध्यक्षतामा गठित समितिमा सन्तोष श्रेष्ठ र जानुका तामाङ उपाध्यक्ष, देवकुमार चौधरी र ज्ञानबहादुर लिम्बू सचिव, आशा तामाङ र भक्त सुब्बा सह–सचिव, प्रेमकुमारी चौधरी महिला सदस्य छन् भने दिलबहादुर श्रेष्ठ र हरिबहादुर राई सदस्य रहेका छन् । यस्तै गढी गाउँपालिकामा भानु हजारीको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा नारायण सरदार थारू, रामकुमारी चौधरी, सचिवमा आशाराम चौधरी र दर्शन उराँव, सह–सचिवमा विनादेवी चौधरी र प्रमोदकुमारी चौधरी, महिला सदस्यमा सिर्जनाकुमारी चौधरी र सदस्यद्वयमा विष्णु मगर र रामेश्वर मण्डल रहेका छन् ।

त्यस्तै कोशी गाउँपालिकामा दशरथ मण्डलको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा सोमरुदेवी उराँव, सुनितादेवी मण्डल, सचिवमा शिवनारयाण उराँव र रामप्रित मण्डल, सहसचिवमा सूर्यनारायण मण्डल र रञ्जनादेवी मण्डल, महिला सदस्यमा सङ्गीताकुमारी मण्डल, सदस्यमा शान्तादेवी उराँव र विशाल गुरुङ रहेका छन् । यस्तै भोक्राहा नरसिंह गाउँपालिकाको अध्यक्षमा सूर्यदेव उराँव निर्वाचित भएका छन् । यस्तै उपाध्यक्षमा सङ्गीता मण्डल र बौवा उराँव, सचिवमा रमेश उराँव र अनिता उराँव, सह–सचिवमा श्यामलाल उराँव र शिवदेवी मण्डल, महिला सदस्यमा राजवतीदेवी उराँव, सदस्यमा रामवती उराँव र बच्चुलाल उराँव रहेका छन् ।