गायिका जुनी खालिङ राई र गायक कृष्णभक्त राईको स्वरमा हालै रेकर्ड भएको गीत ‘लर्के जोवान’को भिडियो सार्वजनिक भएको छ ।

गायक विष्णुकुमार जोशीको गीत ‘लर्के जोवन’ परिमार्जन सहित जुनी र कृष्णभक्तको स्वरमा रेकर्ड भएको हो । पुरानो गीतमा विष्णुकुमारको एकल स्वर र रचना रहेको थियो भने जुनी र कृष्णभक्तको स्वरमा रेकर्ड भएको नयाँ गीतमा शब्द पनि थपिएको छ । जसमा जुनीकै दिदी जीवन खालिङ राईले शब्द थपेकी हुन् । 

received_1509029372989707

गीतको भिडियोमा अभिषेक राना र एलिसा मगरले अभिनय गरेका छन् । भिडियोमा गायक कृष्णभक्त र गायिका जुनीलाईपनि देख्न सकिन्छ । डिबी लिम्बुको छायाँकन र सम्पादनमा तयार भएको भिडियो जुनी खालिङ राईको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ । 

भिडियो :