आसियान अन्तर सञ्जाल र लचिलोपन बढाउँदैू भन्ने नाराका साथ उत्तरी लाओसको लुआङ प्राबाङ प्रान्तमा आसियान (दक्षिण पूर्व एसियाली राष्ट्रहरूको संघ) विदेश मन्त्रीहरूको रिट्रीट शुरु भएको छ।

सोमबार लाओका उपप्रधान तथा विदेशमन्त्री सालेमक्से कोमासिथको अध्यक्षतामा भएको बैठकमा आसियान कम्युनिटी भिजन २०२५ को कार्यान्वयन र लाओसको आसियान अध्यक्षता २०२४ का प्राथमिकताहरूका साथै आसियानलाई थप सुदृढ गर्ने ठोस र दिगो उपायहरूबारे छलफल भएको  बताइएको छ। क्षेत्रीय र विश्वव्यापी चुनौतीहरूका बीचमा एकता, केन्द्रीयता र लचिलोपनलाई सबल बनाउने चिषयमा छलफल भएको बुझिएको छ।

सो भेटमा सहभागीहरूले साझा चासोका साथै क्षेत्रीय र अन्तरराष्ट्रिय मुद्दाहरूमा विचार आदानप्रदान गरेका छन् । बैठकले साझा रणनीतिक योजनाहरूको विकासमा समावेशी र समग्र दृष्टिकोणको महत्त्वलाई जोड दिएको र यस सम्बन्धमा आसियान समुदायका तीनवटा मुख्य  मुद्दाहरूमा सम्बन्धित सरोकारवालाहरूसँग थप परामर्श गर्न तयारी छ। 

बैठकले एपीटी सहयोग कार्य योजना २०२३(२०२७ को कार्यान्वयन लगायत पूर्व एसियाली क्षेत्रमा शान्ति, स्थायित्व र समृद्धि प्रवर्द्धन गर्न आसियानलाई चालक शक्तिका रूपमा आसियान प्लस थ्री (एपीटी) सहयोगलाई थप प्रवर्द्धन गर्न सहमत भएको सहभागीहरूले बताएका छन्।

बैठकले सन् २०२३ मा इन्डोनेसियामा सम्पन्न ४३औँ आसियान शिखर सम्मेलन र अन्य सम्बन्धित बैठकको नतिजाको कार्यान्वयनको प्रगतिको समीक्षा पनि गरेको थियो।